श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल मङ्सिर १ गते बिहीबार, १७ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको अष्टमी तिथि ०८ः१४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मघा २१ः३३ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०६ः२६ बजे र सूर्यास्त ०५ः१०बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन् गर्दा फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपु¥याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्नेछ भने सहयोगीहरू पछि हट्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा सामान्य लाभ हुनेछ तर, चिताएको दाम नउठ्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले काम बनाउन सकिनेछ। वचन पूरा गर्न नसक्दा अरूले आलोचना गर्न सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट सामान्य लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आक्षेप लगाउनेहरूले दुःख देलान्। मानसम्मानमा पनि आघात पुग्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ।