श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २ गते शुक्रबार, १८ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको नवमी तिथि ०९ः४८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वफाल्गुनी २३ः२० बजे सम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०६ः२६ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। थालेको काम दोहोर्याउनुपर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि उपयोग भइनेछ। आवेशको व्यवहारले आफन्तजन टाढिनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कर्मयोगले नयाँ मोड लिनेछ । पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
 मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नै वचनबद्धता पूरा गर्न नसक्ने स्थिति रहला। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका काममा समय बित्न सक्छ। थालेको काम बीचैमा रोकिनाले दोहो¥याउनु पर्ने स्थिति आउला ।