श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर ३ गते शनिबार, १९ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको दशमी तिथि १०ः४४, बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरफाल्गुनी भोलि ०ः२६ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्याेदय ०६ः२८ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नहुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । अध्ययनमा समय दिन नसकिएला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ । बलजफ्तीले परिस्थिति बिग्रन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पछि दुःख पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ । स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आमाको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। आफ्नैबाट धोका हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । पुरुषार्थद्वारा उद्योग र व्यापारमा फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। प्रतिस्पर्धी पछि पर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।