श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर ४ गते आइतबार, २० नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको एकादशी तिथि १०ः५६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र हस्ता भोलि ०ः४८ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्याेदय ०६ः२८ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ योजनातर्फ अग्रसर भइनेछ । बेलामा होस नपु¥याउँदा केही समस्या आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका पछि लाग्दा केही धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको विश्वास जित्न केही समय प्रतीक्षा गर्नुहोला। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुहरू किनारा लाग्नेछन् । पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययन र व्यापारमा पछि परिने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हल्लाको विश्वास गर्दा धोका पाइनेछ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्ने अवसर मिल्नेछ । आफन्तको सहयोग जुट्नेछ । कामकाजमा क्रियाशील रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले जीवनशैलीमा समेत परिवर्तन आउनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् ।