श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर ५ गते सोमबार, २१ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको द्वादशी तिथि १०ः२२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र चित्रा भोलि ०ः२७ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्याेदय ०६ः२८ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न सजग रहनुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले अप्ठ्यारो परिस्थिति सहज हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गरिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर मिले पनि तत्काल प्रतिफल प्राप्त नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट सम्मान पाइनेछ। प्रयत्न गरे राम्रै अवसर जुट्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजन प्राप्त हुनेछ ।