श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर ६ गते मङ्गलबार, २२ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको त्रयोदशी तिथि ०९ः०५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र स्वाती २३ः२६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्याेदय ०६ः२९ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्रोतसाधन जुट्नाले काम बन्नेछ। लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बलभन्दा बुद्धि लगाउँदा लक्ष्य प्राप्ति हुनेछ। दिउँसोदेखि बाध्यात्मक परिस्थितिमा अलमलिनु पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला । नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुःख पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला। चुनौती पन्छाएर काम सफल पार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। स्रोतसाधन जुट्नाले जटिल कामसमेत सम्पादन हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। काममा बाधा पु¥याउनेहरू देखापर्ने छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर, महŒवाकाङ्क्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनु होला।नयाँ कामको अवसर प्राप्त हुनेछ ।