सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा तर्फ ५०३३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङले अग्रता लिएकी छिन् । धरान उपमहानगरपालिकाको वडा १, २ र ३ को मतगणना सकिदा उनले राप्रपाका अशोक राई (अविरल) लाई २२ मतले पछि पर्दै ९७३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, स्वतन्त्र उमेदवार पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्वो ले ९१० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । एमाले र जसपाको तालमेल गरी साझा उमेदवार बनेका अशोक कुमार राई ७८५ मत प्राप्त गर्दै चौंथो र लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका मुक्साहाङ मान्याङ्वो (मुकेश) ७४६ मत प्राप्त गर्दै पाँचौ स्थानमा रहेका छन् । प्रतिनिधि सभाको गणना भएको मत मध्ये २५६ मत बदर भएको छ ।
प्रदेश सभा क तर्फ ७५१६ मत गणना भइसक्दा बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका उमेश थापाले २१९५ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै राप्रपाका उद्धव श्रेष्ठले २१८१ प्राप्त गरेका छन् । त्यस्तै एमालेका रमेश कुमार बस्नेतले १९७९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।