श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर ७ गते बुधबार, २३ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गकृष्ण पक्षको चतुर्दशी तिथि ०७ः१० बजेसम्म, उप्रान्त औंसी, नक्षत्र विशाखा २१ः५२ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि वृश्चिक, सूर्याेदय ०६ः३१ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको कामबाट सोचेको लाभ भने नहुन सक्छ। दिन रमाइलो देखिए पनि विवादमा अलमलिनु पर्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला।काममा अवरोध पुग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । आलोचकहरू बढ्नेछन् र विश्वाससमेत गुम्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले उपलब्धि दिलाउनेछ । लेनदेनको हिसाबमा होसियार रहनुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठूलो उपलब्धि नभए पनि पहिलेको साख जोगाउन सकिनेछ।नयाँ अवसर प्राप्त हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यावसायिक काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
देखेको विषयमा बोल्ने बानीले दुःख पाइनेछ। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ।