उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी हुनुभएको छ ।
उनले आठ हजार एक सय पाँच मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवराज राईले आठ हजार ७० मत प्राप्त गर्नुभयो । मगरले राईले ३५ मत अन्तरले पराजित गरे । मगर २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रदेशसभामा जम्मा १८ हजार छ सय ९९ मत खसेको थियो । यहाँ मङ्गोल नेसनल अर्गनाइजेसनका नरबहादुर थापाले आठ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङले चार सय ३२ मत ल्याएर चौथो स्थानमा रहेका छन् । जनता समाजवादी पार्टीका घनश्याम कटुवालले तीन सय ६६ मत ल्याए ।