श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल मङ्सिर ८ गते बिहीबार, २४ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्गशुक्ल पक्षको प्रतिपदा तिथि भोलि ०१ः५६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र अनुराधा १९ः५३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्याेदय ०६ः३१ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा पुग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला । साँझदेखि काम बिग्रने भयले सताउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला।अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्याहारिक अलमलले काममा बाधा पुग्नेछ। भौतिक साधन भने जुटाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज स्वास्थ्य स्थितिमा सुधार आउनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । मनग्य धनलाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने हुनसक्छ । दिइएको वचनले अप्ठ्यारो पर्ला।