श्री शालवाहनिय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल मङ्सिर ९ गते शुक्रबार, २५ नोभेम्बर २०२२, नल संवत्सर। मार्गशुक्ल पक्षको द्वितिया तिथि  २२ः५४ बजेसम्म उप्रान्त तृतिया, नक्षत्र ज्येष्ठा १७ः३७ बजेसम्म मुल, चन्द्रराशि–वृश्चिक, सुर्योदय ०६ः३२ बजे र सुर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त टाढिने हुँदा होसियारी साथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि काममा ढिलासुस्ती हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ। मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले बाधा पुर्याउनेछ।