श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल मङ्सिर १० गते शनिबार, २६ नोभेम्बर २०२२, नलनाम संवत्सर । मार्ग शुक्लपक्षको तृतीया तिथि १९ः४६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मूल १५ः१४ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्याेदय ०६ः३२ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम बिग्रने भयले सताउनेछ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बाध्यताले अप्ठ्यारो पार्न सक्छ।बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनु होला । अरूले फाइदा उठाउन सक्छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। दिन सामान्य बित्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नियमित काम बन्नेछ । सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।