श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर ११ गते आइतबार, २७ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्ग शुक्लपक्षको चतुर्थी तिथि १६ः४२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वाषाढा १२ः५२ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्याेदय ०६ः३३ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । बाध्यताले अलमल बढाउन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानातिना काममै अल्झनु पर्ने देखिन्छ । पहिलेका समस्या पनि दोहोरिन सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आशा देखाउनेहरूको भरपर्दा धोका हुनेछ । तापनि प्रयत्न गर्दा चुनौती पन्छाएर लाभ उठाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । नयाँ काम थाल्न भने केही समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । व्यवसायमा केही बाधा पुग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नु होला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूले साथ दिनेछन् । साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घुमफिर तथा मनोरञ्जनको समय छ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गरे सजिलै लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ अवसर मिल्नेछ ।