श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर १२ गते सोमबार, २८ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्ग शुक्लपक्षको पञ्चमी तिथि १३ः४९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरषाढा १०ः४१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्याेदय ०६ः३४ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन् । लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । समयमा काम नबन्दा अलि दुःख पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला । खर्च बढ्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । समस्यामा सहयोगीहरूको साथ–सहयोग पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नपत्याएको कामले राम्रै फाइदा दिनेछ । माहोल रमाइलो रहनेछ । धेरै फाइदा उठाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहार मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्राको योग रहेको छ । राजिनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।