श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर १३ गते मङ्गलबार, २९ नोभेम्बर २०२२, नलनाम संवत्सर। मार्ग शुक्लपक्षको षष्ठी तिथि ११ः१७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र श्रवण १५ः०१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्याेदय ०६ः३४ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा महŒवपूर्ण वस्तु प्राप्त होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। मिहिनेत गरेअनुसार प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछ । टाढिएका मित्र नजिकिनाले प्रसन्नता मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्ने र सेवामूलक काम गरिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवम् खानपानको आनन्द प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ  ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।