श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मंसिर १४ गते बुधबार, ३० नोभेम्बर २०२२। नल संवत्सर, मार्गशुक्ल पक्षको सप्तमी तिथि ०९ः१० बजेसम्म उप्रान्त अष्टमी, नक्षत्र धनिष्ठा ०७ः२१ बजेसम्म उप्रान्त पुर्वभाद्र, चन्द्रराशि–कुम्भ, सुयोदय ०६ः३६ बजे र सुर्यास्त ०५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार(व्यवसायमा पनि प्रसस्त फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ । मिहिनेत गर्दा तारिफ योग्य काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ जिम्मेवारी प्राप्त हुनेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशेष अवसरले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले विशेष अवसर दिलाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको चुनौती समाप्त हुनेछ । नाम र दाम हातलागी हुने समय रहेको देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिबन्धले केही समस्या निम्त्याउन सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ ।