श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर १६ गते शुक्रबार, २ डिसेम्बर २०२२, नलनाम संवत्सर, मार्ग शुक्लपक्षको दशमी तिथि भोलि ०५ः५९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरभाद्र भोलि ०६ः०२ बजेसम्म उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ०६ः३६ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सानातिना काममा अलमलिनाले मुख्य काम रोकिएला । अरूको फाइदाका लागि उपयोग भइएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आलश्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीको भरपर्दा काम बिग्रन सक्छ । काम दोहोर्याउनु परे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायबाट मनग्य लाभ मिल्नेछ । लगानीले दिगो फाइदा दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ । प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वचन पूरा गर्न नसक्दा अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिवश सामान्य काममा अलमल हुनेछ । पहिलेका कमजोरी सच्याउन काम दोहोर्याउनु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । स्वास्थ्य समस्याले काम रोकिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अल्छी स्वभावले लक्ष्यमा पुग्न समस्या पर्नेछ । अध्ययनमा समय दिन नसकिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला । आत्मसम्मानका लागि मौन रहनुपर्ने समय छ।