श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर १७ गते शनिबार, ३ डिसेम्बर २०२२, नलनाम संवत्सर। मार्ग शुक्लपक्षको एकादशी तिथि भोलि ०५ः५७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रेवती भोलि ०६ः३६ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्याेदय ०६ः३८ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनु पर्ला । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँट गरेमा काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदाको काम हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।