धरान रन समूहले प्रतियोगिताबाट बचेको रकमले शिक्षाको लागि अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

पत्रकार सम्मेलनमा नै अक्षयकोषको ब्याजबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने १२ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यार्थीहरूलाई स्वेटर, स्कुल ड्रेस, स्टेशनरी, जुत्ता, स्कुल ब्यागलगायत आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरेको हो । 

समूहका अनुसार किरातेश्वर मावि, पञ्चायत मावि, भानुस्मृति मावि, शिक्षा सदन मावि, शिक्षा निकेतन मावि र निम्नमाध्यमिक विद्यालयका १२ जना विद्यार्थीलाई सामग्री प्रदान गरेको हो । उक्त अक्षय कोषमा हाल १२ लाख रहेको अध्यक्ष राईले जानकारी दिए । सो कोषको ब्याजबाट विद्यार्थीहरूलाई त्रैमासिक रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।