श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर १८ गते आइतबार, ४ डिसेम्बर २०२२, नलनाम संवत्सर। मार्ग शुक्लपक्षको द्वादशी तिथि भोलि ०६ः२२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्विनी भोलि ०७ः३६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः३८ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । धर्म–कर्म तथा परोपकारी काममा प्रवृत्त भइएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि जग बसाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नेछन् भने दिगो काम गर्ने समय छ । व्यापारबाट मनग्य लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन खर्चनु पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पु¥याउनु होला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बनिसकेको काम दोहो¥याउनु पर्ने हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर, केही समस्या पनि आउन सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामकाज खर्चिलो बन्ने देखिन्छ। प्रेम र दाम्पत्य जीवनमा पनि असमझदारी बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनुहोला । काममा साथीभाइको सहयोग जुट्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सोखले मालसामान जुटाउन प्रेरित गर्नेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्राप्त हुनेछ।