विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय विरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ्ग होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लिले रगत संकलन केन्द्र स्थापना गरेको छ ।
विराटले आइतबार विराटनगर १५ भट्टिमोडस्थित जनता पोलिक्लिनिकमा ल्याब परीक्षणको लागि रगत संकलन केन्द्र स्थापना गरेको हो ।
उक्त संकलन केन्द्रको उद्घाटन मोरङ क्षेत्र नं. ५(२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले गरे । विराटले जनता पोलिक्लिनिकमा संचालनमा ल्याएको संकलन केन्द्र आधिकारीक हो । स्थानीय स्थरमा संकलन केन्द्र स्थापना भएपछि अब विराटनगर दक्षिण क्षेत्रका विरामीले रगतबाट हुने परीक्षणको लागि विराट नर्सिङ होमको ल्याबमा आइराख्नुपर्र्नेे बाध्यता केही हदसम्म कम हुनेछ । विरामीलाई स्थानीय स्थरमा ल्याब सेवा प्रदान गर्ने उद्देश्यले विराटनगर १५ मा विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याबको लागि संकलन केन्द्र स्थापना गरेकोे प्रशासन प्रमुख अमित कुसहाले जानकारी दिए ।
‘संकलन केन्द्र विराटनगरबाट सुरू भएको छ,’ उनले भने, ‘विरामीको सहजताको लागि हामीले प्रदेश १ का अन्य सहरहरूमा पनि संकलन केन्द्र संचालन गर्ने तयारीमा जुटेका छौं ।’ विराटनगरपपिछ सुनसरीको इनरुवामा पनि रगत संकलन केन्द्र सोमबार उद्घाटन गरी संचालनमा ल्याउने तयारी गरिएको उनले बताए । ‘विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याबले आधिकारिक रुपमा संकलन केन्द्रहरु स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा विरामीले रगत दिएपछि त्यो सेम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट संकलन केन्द्रमा पनि जान्छ,’ उनले भने, ‘विरामीको सहजताको लागि हामीले रिर्पोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौं ।’
संकलन केन्द्रसम्म आउन नसक्ने विरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि सेम्पल संकलन गर्ने उनले बताए । संचालनमा आएको अवसरमा विराटले आइतबार र सोमबार स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट र जनेरल परीक्षणमा ४० प्रतितिशत छटु दिने भएको छ ।