श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर १९ गते सोमबार, ५ डिसेम्बर २०२२, नलनाम संवत्सर। मार्ग शुक्लपक्षको त्रयोदशी तिथि भोलि ०७ः१२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्विनी ०७ः३६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः३९ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापालगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलताले काममा फाइदा दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको प्रस्ताव आउनेछ । साथ दिनेहरू बढ्नेछन् । दिन राम्रो रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। शुभचिन्तकहरू टाढिनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला । हडबडीले काम बिग्रन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतको फल अरूलाई सुम्पनु पर्ने अवस्था आउन सक्छ । आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । काममा मिहिनेतको फल प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।