श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २० गते मङ्गलबार, ६ डिसेम्बर २०२२, नलनाम संवत्सर । मार्ग शुक्लपक्षको त्रयोदशी  तिथि ०७ः१२ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र भरणी ०८ः५९ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्याेदय ०६ः४० बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द पाइएला। थप काम गर्न हौसला मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। अर्थअभावले सताउने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ । परिवारजनबाट टाढिनु पर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूलाई समय दिँदा आफू पछि परिनेछ । करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गरेमा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा रोकिएको रकम उठ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ । लाभांश अरूका लागि खर्चनु पर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरसापटमा पनि रकम बाहिरिन सक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । मन प्रफुल्लित हुनेछ।