श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २१ गते बुधबार, ७ डिसेम्बर २०२२, नलनाम संवत्सर, मार्ग शुक्लपक्षको चतुर्दशी तिथि  ०८ः५४ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र कृतिका १०ः४४ बजेसम्म उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः४१ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्वाकाङ्क्षी योजना विस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तसँग भेटघाट हुनेछ। स्वास्थ्यका लागि व्यवहार र खानपानमा सजग रहनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्यामूलक जिम्मेवारी वहन गर्नुपर्ने हुनसक्छ। कामले नाम, दाम र इनाम हातलागी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च बढ्नाले अर्थ अभाव झेल्नुपर्ला। अरूको विश्वास गर्दा धोका पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्चिलो कामले कर्जा बढाउला । साँझदेखि पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्नेछ । कामको नेतृत्व लिनुका साथै मनग्य लाभ हुने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्य प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा पनि केही फाइदा हुनेछ। तर, आम्दानीमा अरूले आँखा लगाउन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना आवश्यकता पूरा गर्न र व्यवहार चलाउन सरसापट लिनुपर्ने पनि हुनसक्छ । साँझदेखि अर्थ अभाव देखा पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिवश फजुल खर्च बढ्नेछ । आउने रकम रोकिन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।