विराटनगर(ब्लाष्ट) । विराटनगस्थित शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययरत विज्ञान संकायका ११ जना विद्यार्थीहरूले जलबायु परिवर्तन सम्बन्धी रिसर्च गरेको डुमेन्ट देखाएका छन् ।
विज्ञान संकायमा अध्ययन गर्दै आएका ११ जना विद्यार्थीहरूले लामो समयदेखि गर्दै आएको रिसर्च डकुमेन्ट बुधबार स्कुलमा जलबायु परिर्वतन सम्बन्धी सम्मेलनमा प्रस्तुत गरेका हुन् ।
कक्षा १२ को विज्ञान संकायमा अध्ययरत अमित कुमार दास, दिपक रौनियार, निशा अधिकारी, गरिमा यादव, नम्रता राय, आशिष रौनियार, अजित मण्डल, नजिमा बेगम, श्रेया मेहता, रोहन र पवन कुमार विष्टले जलबायु परिवर्तनको असर र सामाधनको विषयमा गरेको रिसर्च डकुमेन्ट कलेजमा विद्यार्थीहरूलाई देखाएका थिए ।
उनीहरूले प्रस्तुत गरेको डकुमेन्टमा जलबायु परिवर्तको कारण र सामाधानको उपायहरूको बारेमा चर्चा गरेका थिए । पृथ्वीको तापक्रम दिनहु बढदै गएको, मानिसले गरेको सुख सुविधाका माध्यमबाट जलबायु परिवर्तन भएको, जलबायु परिवर्त तिव्र गतिमा बढदै गएको, विविधामा ठूलो समस्या ल्याएको जलबायु परिवर्तनको कारणहरू डकुमेन्टबाट प्रस्तुत गरेका थिए । यस्तै उनीहरूले सावधानको उपायमा प्रत्येक व्यक्तिले वृक्षरोपण गरिनुपर्ने, उद्योगहरुलाई व्यवस्थित गरिनुपर्ने, हरित गृह ग्यास उत्पादनमा कमि ल्याउनुपर्ने, जलबायु परिवर्तनसँग अनुकुलम हुन प्रयास गरिनुपर्ने डकुमेन्टमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भीम पराजुलीले विद्यार्थीहरूले गहन अनुसन्धान गरेर डकुमेन्ट बनाएको बताए । जलबायु परिर्वतनले गरिव मुलकुमा जोखिम बढाउने उल्लेख गर्दै उनले मानवसृजित समस्या उत्पन्न गराउने बताए । जलवायु अनुकुलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय वित्तीय लगानी भित्र्याउने, नेपालले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्र र पर्वतीय मुलुकहरुमा परेको समस्याको पहिचान र सम्बोधन गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, कार्यक्रम संयोजक बसन्त बस्नेत, शिक्षकहरु अनिल कुमार दास, ललित मण्डल, एलिजा शिवाकोटी, सोम प्रसाद निरौला, कलेजका निर्देशक भुपेन्द्र दाहालको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन कलेजका शिक्षक रामचन्द्र अधिकारीले गरेका थिए ।