श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २२ गते बिहीबार, ८ डिसेम्बर २०२२, नलनाम संवत्सर, मार्ग शुक्लपक्षको पूर्णिमा तिथि  ०९ः५८ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र रोहिणी १२ः५० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः४१ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।खर्च लागे पनि काम बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहो¥याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुटाउन सकिनेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन्। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही खर्च बढ्नेछ। समयमा आलश्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।