श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २३ गते शुक्रबार, ९ डिसेम्बर २०२२, नलनाम संवत्सर, पौष कृष्णपक्षको प्रतिपदा तिथि ११ः५३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मृगशिरा १५ः१५ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः४२ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम र नाम कमाउने समय छ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।