इटहरीमा रहेको निःसहाय बालआश्रममा स्कील क्याम्पसले सहयोग गरेको छ । निःसहाय आश्रमका बालबालिकालाई खाना खुवाएर क्याम्पसले सहयोग गरेको हो ।
क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीका अनुसार आश्रमका ५० जना बालबालिकाहरूलाई क्याम्पसले खाना खुवाएर सहयोग गरेको हो । स्कील क्याम्पस, जनवरी २०२२ ब्याचका विद्यार्थीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार खाना खुवाउने कार्यक्रमको आयोजना गरेका हुन् ।
क्याम्पसले विद्यार्थीहरूलाई आँफूले होटल व्यवस्थापन विषयमा गरेको अध्ययनलाई व्यावहारिक रूपमा सेवा भावले कर्म गर्न प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पराजुलीले बताए । सन् २०१५ मा स्थापना भएको स्कील क्याम्पस, होटल व्यवस्थापन विषयको क्षेत्रको पायनियार कलेज हो । विश्व पर्यटन तथा होटल व्यवस्थापनको क्षेत्रमा विभिन्न ढंगले अनवरत काम गर्दै, दक्ष जनशक्ति उत्पादनसँगै त्यस सम्बन्धि शिक्षा प्रदान गर्दै आएको छ ।