श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २५ गते आइतबार, ११ डिसेम्बर २०२२, नलनाम संवत्सर । पौष कृष्णपक्षको तृतीया तिथि १६ः३३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पुनर्वशु २०ः५१ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि–कर्कट, सूर्याेदय ०६ः४४ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहो¥याएर प्रयत्न गर्दा काम बन्न सक्छ । काम बिग्रने डरले सताइरहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । ईष्र्यालु मन भएकाहरूले सताउलान् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । व्यापार–व्यवसायमा थोरै लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनतले सम्मानित स्थानसमेत दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ।कामना पूर्ण हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापारमा फाइदा हुनेछ । तर, स्वास्थ्यमा आकस्मिक समस्या देखपापर्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम बिग्रने डरले सताउनेछ । भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुका साथै फाइदा प्राप्त गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । स्वास्थ्य मा केही सुधार आउनेछ ।