श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २७ गते मङ्गलबार, १३ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष कृष्णपक्षको पञ्चमी तिथि २१ः४० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्लेषा भोलि ०२ः४७ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४५ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मनमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनु होला। नियमित प्रयत्न गर्दा काम सम्पादन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ। दिगो योजनाका साथ अघि बढ्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको व्यवहारले शङ्का उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम काजबाट तत्काल आम्दानीको आशा नराख्नु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोली र व्यवहारमा अलि सजग रहनुपर्ला । धन बाहिरिने सम्भावना देखिएकाले चनाखो रहनु पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नियमित काममा भने फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विवादास्पद जिम्मेवारी आउनाले सावधानीले कार्यसिद्धि हुनेछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईष्र्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले नाम र दाम दिलाउन सक्छ।