श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २८ गते बुधबार, १४ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष कृष्णपक्षको षष्ठी तिथि भोलि ००ः२७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मघा भोलि ०५ः३० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४६ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दोहो¥याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । आफ्नो गोपनीयतामा ध्यान पु¥याउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ढिलासुस्ती गर्ने बानीले पनि समस्या निम्त्याउनेछ । परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवेशमा काम गर्दा विवादमा परिनेछ । दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन् । काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ । अरूलाई दिएको वचन पु¥याउन नसक्दा आलोचित बन्नुपर्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बन्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमाइलो जमघट एवम् भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् ।