धरान । विराटनगर–२ स्थित बूढानिलकण्ठ अङ्ग्रेजी स्कुलमा वार्षिक पुरस्कार वितरण गरिएको छ ।
गत शैक्षिकसत्र २०७८ को हरेक कक्षाबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूका साथै वर्षभरि साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पनि पुरस्कार तथा प्रशंसा–पत्र वितरण गरिएको विद्यालयले जनाएको छ ।
शैक्षिक पूरस्कारतर्पm शैक्षिकसत्र २०७८ का लागि कक्षा नर्सरीदेखि युकेजीसम्ममा उच्चतम् अङ्क ल्याउने छात्र श्रेयान दाहाललाई ३ हजार रुपैयाँ, कक्षा १ देखि ५ सम्मको उच्चतम् अङ्क ल्याउने छात्र रिशव चौलागाईंलाई ४ हजार, कक्षा ६ देखि ९ सम्मको उच्चतम् अङ्क ल्याउने छात्र किसन अग्रवाललाई ६ हजार, तथा कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षामा उच्चतम्, ३.९६ जि.पि.ए. प्राप्त गर्ने छात्रा सिरिन भट्टराईलाई. ३ हजार नगद पुरस्कार र शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रशंसा–पत्र स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले प्रदान गरे ।
स्कुलमा हरेक कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई मासिक शुल्कमा व्रmमशः ७५, ५० र २५ प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ ।
त्यस्तै स्कुलकै बेस्ट ब्वाईको उपाधि क्रिस भगत, बेस्ट गर्लको उपाधि प्रेक्षा ढकाल र बेस्ट अल राउन्डरको उपाधि आदित्य मास्केले प्राप्त गरेका छन् । हाउसतर्फ हरेक बुधबार हुने कार्यक्रम तथा अन्य सम्पूर्ण शैक्षिक गतिविधिको आधारमा धेरै अङ्क प्राप्त गरेर ब्लु हाउस विजेता बन्यो ।