श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल मङ्सिर २९ गते बिहीबार, १५ डिसेम्बर २०२२, नलनाम संवत्सर । पौष कृष्ण पक्षको सप्तमी तिथि भोलि ०१ः५७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०७ः४८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६ः४६ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश अध्ययनमा पछि परिनेछ भने स्वास्थ्यमा देखिएको कमजोरीले काममा बाधा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। विस्तारै काम बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अर्थोपार्जनका केही स्रोत फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ योजना थाल्न भने समस्या पर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेसुरमा गरिएका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। श्रम गरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आश्वासन बाँड्नेहरूको भर पर्दा दुःख पाइनेछ। परिस्थितिले अप्ठ्यारो मोडमा पु¥याउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घर–गृहस्थीमा समस्या आउने देखिन्छ । प्रशस्त धन आर्जन गर्ने मौका छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
केही समय पर्खिएर अघि बढ्दा फाइदा हुने देखिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ। परिस्थितिवश आफ्नै वचन पूरा गर्न नसकिएला।