विजयपुर । साहसिक पर्यटन ‘र्याफ्टिङ’ तमोर नदीमा सुरु भएको छ । तमोर रिभर एड्भेन्चर प्रा.लि.ले कात्तिकदेखि तमोर नदीमा र्याफ्टिङ सुरु गरेको हो ।
प्रा.लि.ले लामो समयदेखि १ नं. प्रदेशका विभिन्न जिल्लाका नागरिकलाई साहसिक पर्यटन ‘र्याफ्टिङ’ गराउँदै आएको छ । प्रा.लि. का सञ्चालक मदन ढकालका अनुुसार कोरोनाका कारणले बन्द र्याफ्टिङ कात्तिक महिनादेखि पुनः सुरु गरेको बताए ।
उनका अनुसार २ प्याकेजमा ¥याफ्टिङ गर्न पाइनेछ । धरानबाट गाडीमा गई खाजासहित ३५ सय रुपैयाँमा १ दिन र्याफ्टिङ गर्न पाइनेछ भने ७ हजार रुपैयाँमा १ रात होटलमा खान, बस्नसहित २ दिन र्याफ्टिङ गर्न पाइनेछ ।
चतराबाट त्रिवेणीसम्म र्याफ्टिङ गर्न सकिनेछ । आफै गाडी लिएर जानेलाई १ हजार रुपैयाँ छुट दिने बताउँदै भने, ‘र्याफ्टिङ सामान र गाइड पनि लगिदिनुपर्छ ।’
र्याफ्टिङ गाइड तालिमप्राप्त र अनुभवी भएकाले कुनै जोखिम नभएको बताए । उनले १ दशक बढीबाट ¥याफ्टिङ सञ्चालन गर्दै आएको र हालसम्म कुनै दुर्घटना नभएको बताएका छन् ।