श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस १ गते शुक्रबार, १६ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष कृष्णपक्षको अष्टमी तिथि भोलि ०३ः१९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वफाल्गुनी ०७ः४८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४७ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर पाइए पनि कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चिताएको काममा विलम्ब हुन सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवहारमा अलमलिनु परे पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन समय लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । हड्बडले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहो¥याउनु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम व्यवहारले समस्या निम्त्याउनेछ । महŒवाकाङ्क्षी योजनामा आफ्नैले बाधा पु¥याउलान् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनु होला। पहिलेको सम्झौता भङ्ग हुन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोपनीयतामा विशेष सजग रहनुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । स्रोत–साधन जुट्नाले व्यापारमा फाइदा हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी र व्यवसायमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुने समय छ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। मान–सम्मानमा बाधा पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ । आलोचकहरूले व्यर्थैमा दुःख दिनेछन् ।