श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस २ गते शनिबार, १७ डिसेम्बर २०२२, नलनाम संवत्सर, पौष कृष्णपक्षको नवमी तिथि भोलि ०३ः५७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरफाल्गुनी ०९ः३१ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महŒवाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम सम्पादन हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट प्रशस्त धनलाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अहिलेको कामकाजले पछि फाइदा हुनेछ। प्रतीक्षित नतिजाले मनमा उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
टाढिएका सन्तानलाई घरको यादले सताउन सक्छ।बेलैमा