श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ३ गते आइतबार, १८ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष कृष्णपक्षको दशमी तिथि भोलि ०३ः४७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र हस्ता १०ः३१ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएको काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । दुश्मनहरूले मित्रताका हात अघि बढाउनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर र व्यवधानको उतार–चढावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवम् लगनशीलताले उपलब्धि मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यको चिन्ताले सताउनेछ । अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको व्यवहारले शङ्का उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। कामकाजमा बाधा उत्पन्न होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। रमाइलो भेटघाट र आफन्तसँग सम्बन्ध बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा केही समस्या उत्पन्न हुन सक्छ। आलश्य गर्ने बानीले लक्ष्यमा पुग्न विलम्ब हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आतिथ्य, प्रतिष्ठा एवम् लोकाचारले फजुल खर्च बढाउन सक्छ। आजको श्रमबाट केही लाभ मिल्नेछ।