विजयपुर ।  स्वर्गीय बुबाआमाका नाममा शिक्षकका लागि अक्षयकोष स्थापना गरिएको छ । धरानका व्यवसायी एनसी राईले आफ्ना स्वर्गीय बुबाआमाको नाममा शिक्षकका लागि अक्षयकोष स्थापना गरेका हुन् ।

उनले हतुवागढी–९ हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयका शिक्षकका लागि १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ राशिको अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका राईले आफ्ना स्वर्गीय बुबा पदमबहादुर र आमा रेशममाया राईको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयको ५४ आँै वाषिकोत्सवको अवसरमा राईले अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषबाट विद्यालयका उत्कृष्ट शिक्षकलाई वार्षिकरूपमा पुरस्कार प्रदान गरिनेछ । विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षकको प्रमुख भूमिका रहने हँुदा शिक्षकको प्रोत्साहनको लागि कोष स्थापना गरेको अक्षयकोषदाता राईले बताए । राई हसनपुर–सुनसरी सम्पर्क मञ्च तथा भूपू विद्यार्थी मञ्चका सचिव छन् ।