श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ४ गते सोमबार, १९ डिसेम्बर २०२२, नलनाम संवत्सर। पोष कृष्णपक्षको एकादशी तिथि भोलि ०२ः४६ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र चित्रा १०ः४२ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। कामकाजमा केही दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्राको प्रक्रियामा बढी खर्च गर्नुपर्ने हुनसक्छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ । पढाइलेखाइमा समय दिन नसकिएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको काम रोकिन सक्छ । नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्थितिमा सुधार आउनाले फाइदा हुनेछ । व्यापार बढ्नाले आयस्रोत सबल बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति असहज देखिए पनि काम बन्नेछ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। तापनि अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा अवसर जुट्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूको भरपर्दा काम बिग्रन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।