पथरी, कानेपोखरी । मोरङको कानेपोखरी–७ स्थित जनकल्याण माविका छात्राछात्रलाई न्यानो कपडा वितरण गरिएको छ ।
आइतबार विद्यालयमा एक कार्यक्रमबीच बालकक्षादेखि कक्षा ५ सम्म अध्ययनरत १ सय ९० जना छात्राछात्रलाई न्यानो कपडा स्वेटर र ट्रयाकसुट वितरण गरेको हो ।
कानेपोखरी –७ आइतबारे निवासी विष्णु गुरुङ र गुरुङ परिवारद्वारा आफ्ना स्वर्गीय पिता भक्तबहादुर, आमाहरू विष्णुमाया र शान्तमायाको नाममा स्थापित भविशा कोषको अन्तरगत १ लाख २४ हजारको न्यानो कपडा खरिद गरी वितरण गरिएको शिक्षक विजय गोपाल गड्तौलाले बताए ।
भविशा कोषका संस्थापक विष्ण गुरूङ हाल हङकङमा कार्यरत छन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई अध्ययनमा हौसला प्रदान गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरेर सो न्यानो कपडा वितरण गरेका हुन ।
कार्यक्रम कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारामान गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्ले, वडाध्यक्ष मोहन प्रसाद अधिकारी, शिक्षा प्रेमी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।