अन्तिम घिटीघिटीमा देश
...देश त निभ्ने बेलाको बत्तीजस्तो धिपधिप गर्न लागेको छ ...। –सौरभ
उक्त कुरा सुप्रसिद्ध  लेखक सौरभले एक टेलिफोन संवादको भलाकुसारीमा यस लेखकसित यही पुस १ गते भन्नुभयो । सूचना प्रेस अनलाइनकी प्रधान सम्पादक कविता अधिकारीले एक अन्तरवार्तामा केही दिनअघि मलाई नै नेपाल विकसित नहुनु र अष्ट्रेलिया विकसित हुनुको कारण सोधेकी थिइन् । मोटो जवाफमा मैले अष्टे«लियाको दक्षिणमा भारत छैन र उत्तरमा चीन छैन, तर नेपालमा चाहिँ दुवै देश छन् ।

उहिल्यैदेखि यी दुवै साँढेको जुधाइमा नेपाल पर्ने गरेको छ र तिनले देश र जनताको भलो गर्न चाहने पूर्वराजा महेन्द्र, वीरेन्द्र, जननायक बीपी कोइराला र जननेता मदन भण्डारी, केपी ओली आदि कसैलाई पनि बाँकी राखेनन् र राख्तैनन्, काम गर्नै दिँदैनन् । तिनले नेपालमा आफ्ना प्यादाहरूमार्फत् आफू अनुकूल शासन गरे र गर्छन् अनि अन्तमा नेपाललाई भड्खालामा हाल्छन् । अहिले यही परिस्थिति बनाउन प्रयत्नशील रहेको देखिन्छ । तर, सबै पार्टी र नेता चोर हुन् भन्ने अत्यन्त गलत मनोविज्ञान सिर्जना गर्न वाह्य र आन्तरिक शक्ति तथा कतिपय कथित बुद्धिजीवी र पत्रकार पनि लागिपरेका छन् र तिनीहरू देशलाई नै  कुहिराको काग बनाउन ज्यान दिएर लागेका छन् ।

तन्त्र जोगाउने कि देश ?
राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अझ समाजवादोन्मुख तन्त्र जोगाउने कि देश बचाउने ? यो अहिलेको गम्भीर र अत्यन्त संवेदनशील प्रश्न बनेको छ । वाह्य शक्तिलाई नेपालको हित चाहिएको छैन र तिनलाई उपयुक्त कुनै तन्त्र चाहिएको छैन । तिनको मूल ध्यान नेपाललाई फुटाउने, लडाउने एक–आपसमा अनेक निहुँमा रक्तपात गराउने मात्रै रहेको स्पष्ट हुन्छ । देश रहे मात्र कुनै पनि तन्त्र रहला, कायम होला नत्र कुनै पनि  तन्त्र  कसरी कुन आधारमा रहला ? त्यसैले देशलाई सर्वोपरि राख्ने शक्ति, समूह र व्यक्तिहरूको सुदृढ एकता अपरिहार्य देखिन्छ । देश बचाउने र जोगाउने सर्तमा कुनै पनि तन्त्र स्वीकार्न सकिन्छ, र सक्नुपर्छ  । आग्रह, पूर्वाग्रह र दुराग्रह राखे देश चाहिँ जोगाउन सकिन्न । 

तीनकरोड जनताको जनअदालत अपरिहार्य   
केही समयअघि नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आवश्यक प¥यो भने अब १०–२० जनाको होइन, तीन करोड जनताको जनअदालत गठन गर्नुपर्ने हुनसक्ने कुरा बताउनु भएको थियो । यस्तो अत्यन्त सान्दर्भिक र मार्मिक विषय बुझ्ने एमाले नेता र कार्यकर्ता अत्यन्त कम छन् मेरा नजरमा ।

किनकि चामल पनि बेच्ने कला र गला नभएका एमाले नेताको ठूलो डप्फा पार्टीमा छ । माओले भने झैँ नीति, सिद्धान्त र राजनीति नेताले मात्र बुझेर हुँदैन, तमाम अगुवा कार्यकर्ताले बुझ्नु पर्छ । त्यसका अभावमा आफूसित भएको बास्मती चामल पनि एमाले नेताले बेच्न सकेनन् । त्यति मात्र कहाँ हो र, आफ्नो बास्मती चामल अर्थात् घनश्याम खतिवडालाई बाटामा हु¥र्याए, हराए वा पोखे । चरम् जातिवादी उपल्ला नेताले नै खतिवडालाई हराए ।

पार्टी अध्यक्षसित दमकमा लावती थरि नगरप्रमुखसहित खतिवडाको विकल्प खोज्न गएको यस लेखकलाई थाहा छ । आफ्नो प्रस्ताव अस्वीकृत भएपछि चुनावमा अन्तर्घात हुनसक्ने कुरा स्वतः आँकलन गर्ने विषय हो । चरम् जातिगत सङ्कीर्ण चेतले केसम्म गर्छ भन्ने पनि नबुझेपछि हार व्यहोर्नु परेको स्पष्टै छ । यस्तै अति सङ्कीर्ण जातीयताका कारण भोजपुरमा हार व्यहार्नु परेको देखियो । समग्रमा पार्टी अध्यक्षलाई नै भूइँ तहमा भुसमा सल्किएको आगोका लप्का नेताले जानकारी नगराउँदा निक्कै सकस परेको देखियो । अझै पनि समस्यालाई गम्भीररूपमा नलिने हो भने समस्या अझ गम्भीर बन्ने निश्चित देखिन्छ ।

अब पुरानै गठबन्धनको टालाटुली बटुली सरकार बन्नेछ र यसले चरम् जनघात र राष्ट्रघात गर्ने निश्चित छ । यस्तो सरकार बन्नु नै हुँदैन र एक दिन पनि यसले काम गर्दा देश र जनताको हित विरुद्ध गम्भीर आघात पर्छ ।  प्रतिपक्षले जति कराए, चिच्याए पनि वाह्य शक्तिको टेकोपुँडोको सरकारले टेरपुच्छर लगाउने छैन । त्यसैले एउटै विकल्प तीन करोड जनताको जनअदालतमार्फत् शान्तिपूर्णरूपमा सडकमा आउनेबाहेक अर्को विकल्प छैन तर, यस्तै परिस्थिति निर्माण भई त्यसैमा पसेर देशलाई ध्वस्त पार्ने कुनियतबाट सतर्क पनि हुनुपर्छ ।

कथित कम्युनिष्टबाट सतर्कता जरुरी
भारतका विरुद्ध हामी केही गर्दैनौं भनेर तमसुक गरी दायाँबायाँ ल्याप्चे लगाउने नामका  कम्युनिष्टबाट एमाले र ओली बहुत होसियार हुनुपर्छ । देशको नाम, झण्डा फेर्न उद्यत देशको गौरवशाली इतिहास र समृद्ध संस्कृति फोर्ने र समाप्त पार्ने कसम खाएकाहरूसित काम गर्दा फुकीफुकी पाइला चाल्नु पर्छ । त्यस पार्टीभित्रका असल तŒवहरूको साथ सहयोग जरुरी हुन्छ । नत्र देश नै सिध्याउने नियतका मानिसले कसलाई बाँकी राख्छन्, बहुत होस गर्नु पर्छ । रह्यो डा. उपाधिधारी बाबुराम भट्टराई, तिनी वाह्य डिजाइनमा अब राष्ट्रपति बन्ने तरखरमा छन् भनिन्छ । अरूले बनाइदिएको राष्ट्रपति नेपाल र नेपालीका लागि कामै लाग्दैन ।

यस्तै काम नलाग्ने जन्तुलाई पनि भविष्यमा राष्ट्रपति बनाउन पाइन्छ भनेरै दरबार हत्याकाण्ड रचिएको हो । भट्टराईकी पत्नी हिसिला यमी नै होइनन् चिच्याई चिच्याई नेपाल देशलाई खारेज गर्नुपर्छ भन्ने ? भट्टराईको परिवार नै राष्ट्रविरुद्ध छ । अनि यस्ताबाट देशको एकसिन्को भलो हुने काम हुन्छ र ? त्यसैले कदाचित सरकार बनाउन सहकार्य गर्नै प¥यो भने तिनलाई चट्पटाउन नै नदिने गरी बाँध्नु पर्छ । मत्ताहात्तीलाई तह लगाउन र दाउन माउते एकदम चनाखो हुनुपर्छ । जस्तो कि ओलीले तिनलाई पहिले तह लगाएरै छाड्नुभयो ।

कालोकोटेले देश डुबाए
पैसाका भरमा कालोलाई सेतो र सेतोलाई कालो भन्न बानी परेका अधिकांश कालाकोटेहरू देशका कलङ्क नै सावित भए । तिनले थाहा पाई पाईकन ओलीले बाध्यात्मकरूपमा गरेको संसद्् विघटनविरुद्ध पैसाको बिटोमा लोभिएर बहस पैरवीका नाममा अत्यन्त निकृष्ट हर्कत गरे, तिनले महामहिम राष्ट्रपति विरुद्ध आमाचकारी गाली गरे । ओलीलाई वाह्य शक्तिको भरिया भएर तिनले प्रतिगामी भनेर परमादेशी सरकार बनाएका कारण अहिले त्रिशंकु सरकार बन्ने अवस्था सिर्जना भयो । नत्र देशले यस्तो नियति भोग्नु पर्दैनथ्यो । कालाकोटेहरूको नग्न नृत्य आपसमा हातपाउसहित भिडन्त अदालत परिसरमा देख्नुप¥यो । तैपनि निर्वस्त्र भएर जघन्य अपराध बापत थुनामा रहेका चौधरीका पक्षमा एक सङ्ग्रौला थरि कालाकोटे पाडा गोहीका आँसु चुहाउँदै थिए ।

सशक्त बौद्धिक हस्तक्षेप अपरिहार्य
बेलाको बोली र मौकाको काम मात्र कामयावी हुन्छ । मिडियामा देखिने र देखा पर्ने अनि भाइरल बनेका मात्र बुद्धिजीवी, प्राज्ञ र विश्लेषक होइनन् । मिडियामा आउनेहरू पनि स्वतन्त्र चिन्तन राख्ने राष्ट्रका पक्षधरहरू छन् । सबैका मनमा देश सङ्गीन सङ्कटमा परेको बेला केही न केही देशका लागि गरौँ भन्ने व्याप्त देखिन्छ । त्यस खालको सघन भावनाका बौद्धिक र सचेत समुदाय पर्याप्त छन् । यस्ता विषयमा हाम्रो पहल र प्रयत्न कमजोर रहेको कुरा सौरभसित यस लेखकको रहेको थियो ।

कम्तीमा देशलाई केन्द्र बिन्दुमा राखेर केही गरौँ भनेको थिएँ । सौरभले एक अन्तरवार्तामा गम्भीर निराशा व्यक्त गरेकामा मैले उहाँसित आक्रोस मिश्रित अनुरोध गरेको थिएँ । भित्री वा बाहिरी राष्ट्रविरोधीहरूसित हामी सबै एकढिक्का भयौँ भने त्यही शक्तिले तिनलाई परास्त गर्न सक्छ, गरिन्छ किनकि हाम्रा अनुभवी पुर्खाहरूले सय थुकी नदी त्यसै भनेका होइनन् । १ सय ४ वर्ष, २० वर्ष र ५ वर्ष बोलेर, लेखेर आम जनतालाई आग्रह गरेर राणा शासन, पञ्चायती शासन र माओवादी शासन ठेगान लगाएको यथार्थ हाम्रासामु छ । त्यसैले कला र गला मिलाएर सत्य–तथ्य बोल्ने हो भने परिवर्तन अपरिहार्य रहेको छ । 

एमालेकै अग्रसरता अपरिहार्य
देशव्यापी जनाधार र पार्टी सङ्गठन तथा मोर्चा सङ्गठनको सञ्जाल भएको पार्टी एमाले नै हो । माधव नेपालको नेतृत्व भएको भए यो पार्टीमा  मण्डलेकरण हाबी र प्रभावी हुन्थ्यो अनि पार्टी एक वर्षअघि नै सबै हिसाबले समाप्त प्रायः हुन्थ्यो । तर, अहिले पनि यस पार्टीमा विगत विकृतिको विरासत व्याप्त देखिन्छ । पार्टीमा शुद्धीकरण र सुदृढीकरण गर्नु अपरिहार्य छ । नत्र पार्टी सङ्गठन सबै हिसाबले अत्यन्त अस्तव्यस्त देखिन्छ । यसको एउटा उदाहरण सुनसरी हो ।

केन्द्रीय सदस्य गौतम र जिल्ला अध्यक्षको मिलिभगतमा इमान्दार नेता, कार्यकर्ता र बुद्धिजीवीहरू अत्यन्त रुष्ट रहेका छन् । इटहरी नगर इन्चार्ज पनि जिल्ला अध्यक्ष हुँदा नगरपालिकामा प्रमुखमा पार्टीले हार व्यहोर्नु प¥यो । अध्यक्ष नै गौतमलाई नगरप्रमुख बनाउन अन्तिम घडीमा ज्यान फालेर लागे उनले पार्टी उम्मेदवार बनेका सुब्बालाई हार्ने स्थिति देखाएर नउठ्न दबाव दिए । परोक्षरूपमा हराउने भूमिकामा लागेका धेरै उदाहरण छन् । उनी जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको अध्यक्ष हुँदा उक्त क्याम्पस अस्तव्यस्त रहेको छ ।

काम नगर्ने तर, भए भरको पदको माला आफू र आफ्ना आसेपासेलाई मात्र दिँदा भद्रगोल अवस्था उत्पन्न भएको छ । यस्ता जिल्लामा पार्टीले शक्तिशाली अध्ययन, अनुगमन र निरीक्षण गरी सत्यापन गर्नुपर्ने जरुरी देखिन्छ । कतिपय केन्द्रीय सदस्यहरूलाई जिल्लान्तर गरी खटाउनु पर्ने देखिन्छ ।

सुनसरी पार्टी अध्यक्ष पाँच वर्षपछि हुने नगरपालिकाको अध्यक्षको निर्वाचनमा आजै र अहिल्यैदेखि गौतमको सुलसुले पारामा प्रचार गरिरहेका छन् । पार्टी नेतृत्वले भूइँतहका गम्भीर वैचारिक, सैद्धान्तिक, साङ्गठनिक तथा नैतिक गम्भीर विचलनलाई बेलैमा सच्याउने प्रयत्न गर्नुपर्छ । यसो गरिएन भने असाध्य रोगले पार्टी थला पर्ने निश्चित देखिन्छ । क्यान्सरले जकडेपछि उपचार असम्भव हुन्छ ।

दूधमा अलिकति गोबर मिसियो भने घिउमा पितिक्क फोहोर मिसियो भने त्यो दूध र घिउ हुँदैन ।  माओले भने झैँ सदा इमान्दार, सदा सदाचार र सदा सही समानुपतिक सभासद् बनाउन ध्यान दिइएन भने राजनीतिमा विकृतीकरण र भ्रष्टीकरण हुनबाट कसैले बचाउन सक्तैन । यस्तो भयो भने भएको र पाएको पातलो जनविश्वास स्वात्तै घट्छ । जब जनता पार्टीप्रति विमुख हुन्छन्, तब पार्टी मात्रै होइन, देश नै गम्भीर सङ्कटमा पर्छ ।