श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ५ गते मङ्गलबार, २० डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष कृष्णपक्षको द्वादशी तिथि भोलि ००ः५९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र स्वाती १०ः०५ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बलजफ्तीले केही चुनौती पनि निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । राम्रो अवसर प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली रव्यवहारमा सजग रहनुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मविश्वासको कमीले पछि परिनेछ । अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा केही फाइदा लिन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपानको सोखले स्वास्थ्य बिग्रन सक्छ । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनु पर्ने समय देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आवश्यक परेको धन जुटाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।