श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ६ गते बुधबार, २१ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष कृष्णपक्षको त्रयोदशी  तिथि  २२ः३१ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र विशाखा ०८ः४४ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः४९ बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। राम्रो कर्मफल प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम रोकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । धर्मकर्म र परोपकारी काममा अग्रसर भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा काममा समय लाग्नेछ । अस्वस्थता र कमजोरी अनुभूति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्नेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।