विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर १ का पत्रकारहरूको उपचार निःशुल्क र विभिन्न सेवाहरूमा छुटसहितको स्वास्थ्य सेवामा सहुलियत दिएको छ ।
अस्पतालले पत्रकारको उपचारमा सहुलियत दिएपछि न्यूरो र पत्रकार महासङ्घबीच सम्झौता गरेको छ । मङ्गलबार अस्पताल र पत्रकार महासङ्घ प्रदेश नम्बर १ बीच सम्झौता भएको हो ।
अस्पतालको तर्फबाट सम्झौता पत्रमा अपरेशन डाइरेक्टर राजेश भट्टराई र पत्रकार महासङ्घ प्रदेश नम्बर १ को तर्फबाट लीलावल्लभ घिमिरेले हस्ताक्षर गरेका छन् ।
अस्पतालले पत्रकार महासङ्घमा आबद्ध भएका सदस्यहरूको ओपिडी, आकस्मिक, एम्बुलेन्स, प्थाथोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, इसिजी, इन्डोस्कोपी, बेड चार्ज, फिजियोथेरापी, इको सेवाहरू निःशुल्क गरेको अस्पतालका अपरेशन डाइरेक्टर भट्टराईले जानकारी दिए ।