श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ७ गते बिहीबार, २२ डिसेम्बर २०२२, नलनाम संवत्सर । पौष कृष्णपक्षको चतुर्दशी तिथि १९ः२९ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र ज्येष्ठा भोलि ०७ः१७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। परिबन्दले अप्ठ्यारो स्थिति पनि निम्त्याउन सक्छ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीभित्र अवसर खोज्ने समय छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामान्य कामकै लागि दौडधुप गर्नु पर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य कमजोर रहनेछ । आहारविहारमा सजग रहनुहोला । मिहिनेत गरे छोटो समयमै फाइदा उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहारले काममा उत्साह जगाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मीय सम्बन्ध बिग्रनाले दुःख पाइनेछ । वादविवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्नेछन् । थालेको काम दोहोर्याउनु पर्ने हुनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हातमा आएको रकम तत्काल खर्च हुनेछ । परिस्थितिवश चिताएको काम रोकिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। अवसर र व्यवधानका बीच पनि कर्मयोग अघि बढ्नेछ।