श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ८ गते शुक्रबार, २३ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष कृष्णपक्षको औंसी तिथि १६ः०५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मूल भोलि ०१ः२९ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामका लागि निकै दौडधुप गर्नुपर्ला । स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला । समय लागे पनि काम बन्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष उपहार प्राप्त हुनसक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधनहरू जुट्नेछन् । व्यापारमा आम्दानी बढाउन सकिने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान् । हतार गर्ने बानीले चुनौती निम्त्याउला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिले आकस्मिक खर्च बढाउनेछ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमालको सुरक्षामा ध्यान दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । लगानीमा जोखिम बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।