पृष्ठभूमिः
तीर्थ स्वयम् देवता हुन् । कोसी, कोकाहा, नारायणी, बागमती, त्रिशूली गण्डकी आदि थुप्रै पवित्र नदीहरू देवताका रूप हुन् । नदीका तीरहरूमा देवता एवम् सन्त महात्माहरूको निवास हुन्छ । तीर्थ अलौकिक स्थल हुन् । सृष्टिको उषाकालदेखि नै ऋषिमुनिहरूले आप्mनो तपः तपश्या, धर्म साधना, परोपकार र मानवसेवा आदि कृत्यले आप्mनो जन्मभूमि तपःस्थलहरूलाई सार्थक तीर्थको संज्ञा दिए । देवता वा महान् तपश्वीबाट प्रतिष्ठा पाएपछि शिला वा ढुङ्गा पनि देवता हुन्छ । यो शास्त्रीय भनाइ हो ।

यस्तै–यस्तै महŒवपूर्ण ठाउँहरूमध्येको कोकाहा नदीको शिरमा भगवान् विष्णुले लक्ष्मीसहित भएर पहिलो पटक दिव्य पितृहरूको श्राद्ध गरेको हुनाले भारतको गयाभन्दा पूर्वाञ्चल १ नं. प्रदेशको सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं.२० स्थित विष्णुपादुका तीर्थधाम महŒवपूर्ण एवम् पवित्र हो ।  विष्णुपादुकामा तीर्थश्राद्ध गर्ने प्रचलन वि.सं.२०४१ सालबाट हुन थालेको हो । छोटो समयमा यसको ख्याति अत्यधिक मात्रामा बढेर गएको हुनाले बर्सेनि लाखौं मानिसहरू पितृश्राद्ध गर्न पुग्ने गर्दछन् ।

विष्णुपादुकामा पौषे औँसीका दिन आप्mना स्व.पिता–माता पितृ देवताहरूलाई स्मरण गरी उनीहरूको नाममा तर्पण तथा पिण्ड दिने पितृकर्म गर्नेहरूको ठूलो भीड लाग्दछ । यस वर्ष तिथिअनुसार नेपाल संवत् ११४३ थिंलागा वि.सं.२०७९ पौष ८ गते शुक्रबार परेको छ ।

पितृहरूको नाममा श्राद्धः
पितृहरूको नाममा श्राद्ध गर्नुको महत्व निकै ठूलो रहेको छ । भनिन्छ–
आयुः प्रजा धनंविद्यां स्वर्ग मोक्ष सुखानिच ।
प्रयच्छन्तु तथा राज्यं पि तरः श्राद्धतर्पिता ।।
यसको अर्थ हो, पितृलाई श्राद्ध गरेर तृप्त गराएमा आयु सन्तान, धन, विद्या, मरेपछि स्वर्ग, मोक्ष तथा बाँचुञ्जेल सुखहरू र राज्यसम्म पनि प्राप्त हुनसक्छ ।

पितृहरूलाई हाम्रो हिन्दु समाज, धर्म र संस्कृति परम्पराले यति महŒवपूर्ण स्थान दिएको छ कि जनैको एउटा डोरामा पनि उहाँहरूको प्रतीक हुन्छ । पितृहरूलाई चटक्कै बिर्सिदियौं भने हाम्रो वंश परम्परारूपी वृक्ष नै काटिन्छ र हामी रुखबाट कुहिएर झरेको फलजस्तै बनेर अस्तित्वहीन हुन पुग्नेछांै ।

विष्णुपादुका तीर्थ+धामः
विष्णुपादुका जान धरान घण्टाघर बसपार्कदेखि घोपा, मङ्गलबारे पीपलचोक हुँदै करिब ११–१२ कि.मि.उत्तर–पश्चिम सर्दु खोलाको पारिपट्टि माछामारा भञ्ज्याङको उकाली ओराली हुँदै कोकाहा नदी किनार विष्णुपादुका मन्दिर तीर्थ रहेको छ । यो तीर्थ भगवान् विष्णुका पाउले युक्त भएको स्थान हो ।

विष्णुपादुका स्थान तीर्थ पितृश्राद्धसँग सम्बन्धित छ । यस स्थानमा पितृश्राद्ध गर्नु ज्यादै उपयोगी हुने विश्वास जनमानसमा रहेको छ । ब्रह्म पुराणमा उल्लेख भएअनुसार विष्णुले कोकाहा खोलाबाट  पितृहरूलाई  उद्धार  गरी तिनीहरूको श्राद्ध गरेको विवरण पाइन्छ । यस पुराणले कोकाहा खोलाको मुखदेखि लिएर विभिन्न भागमा श्राद्धसम्बन्धी विविध आदि कर्म गरी पितृहरूको उद्धार गरेको विवरण  पाइने हुनाले नै विष्णुपादुका क्षेत्रलाई पितृ श्राद्धका लागि सर्वोत्कृष्ट स्थान मानिएको हो ।

पुराणमा उल्लेख भएअनुसार कोकाहा खोलालाई स्वधा अर्थात् (चन्द्रमाकी छोरी) भनिएको पाइन्छ । तसर्थ कोकाहा खोला अर्थात् कोकपर्वत क्षेत्रलाई पितृश्राद्धका लागि सर्वोत्कृष्ट स्थान मानिएको हो ।

विष्णुपादुका मेला पर्वः
विष्णुपादुकामा लाग्ने मुख्य तीर्थमेला विशेषगरी पौषे औंसीमा श्राद्ध–तर्पण गर्ने व्यक्तिहरूको ठूलो भीड लाग्दछ । यहाँ आ–आप्mना पितृहरूको श्राद्ध–तर्पण गरेमा पितृहरूको उद्धार हुन्छ र उनीहरू प्रसन्न भई आ–आप्mना शाखा सन्तानलाई आशीर्वाद दिन्छन् भन्ने कुरा वराह पुराणका अनेक प्रसङ्गले स्पष्ट पारेको छ ।

यहाँ रहेको विष्णुपादुकाको मन्दिरमा श्राद्ध कर्म गरिसकेपछि उक्त पिण्डहरू पादुकास्थल मन्दिरमा स्पर्श गराई कोकाहा नदीमा विसर्जन गर्ने गर्दछन् । विष्णुपादुका मन्दिर क्षेत्र लगभग ४–५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । तीर्थयात्रीहरूलाई बस्न र आराम गर्न धर्मशालाहरू निर्माण भएका छन् ।

कोकाहा बारे पौराणिक कथनः
वराह पुराणमा उल्लेख भएअनुसार ‘कोकाहा’ भनेको पिता दक्ष प्रजापति र माता चन्द्रमाको छोरी (उर्जा) उनको सक्कली नाम हो । यिनी वयस्क भएपछि एकदिन पतिको चाहनामा घरबाट निस्केर हिँडिछन् । धेरै दिनसम्म पनि फर्केर नआएकीले कहाँ गइन् भनी यिनका बाबु–आमाले कोकाहा नदीको शिरबाट दिव्य दृष्टि लाएर हेर्दा पितृहरूसँग विवाह गरी बसेको कुरा थाहा पाएपछि तँ अब नदी भई बग्नू भन्ने श्राप दिएपछि कोकाहा नदीको रूपमा बगेको प्रसङ्ग रहेको छ ।

यसरी विवाह पहिले उर्जा र त्यसपछि कोकाहा नाम रहेको भन्ने धार्मिक किंवदन्ती रहेको छ । पौराणिककालदेखि यो ठाउँ पितृहरूले तर्पण पिण्ड प्राप्त गर्ने पवित्र ठाउँ भएको कारण पितृहरू यो ठाउँमा धेरै मात्रामा आउने हुँदा पितृ आत्मालाई खानको निमित्त मधुधन नाम गरेका राक्षस ढुकेर बसेको कुरा पितृहरूले थाहा पाई त्यही (उर्जा) नदीमा डुबुल्की मारी सात दिनसम्म लुकेर बसेको समयमा भगवान्विष्णुले पितृहरूलाई नदेख्दा कहाँ गएछन् भनी सोधनी गर्न जाँदा राक्षसको डरले लुकेर बसेको भन्ने चाल पाएछन् ।

त्यसपछि राक्षसलाई मार्न जाँदा राक्षसले विष्णु आएको थाहा पाई भागी गएको र पानीमा लुकेका पितृहरूलाई निकाली उद्धार गरेको प्रसङ्ग पनि रहेको छ । यसरी भगवान विष्णु स्वयम् उपस्थित भई पितृहरूको उद्धार गरेका कारण त्यहाँ पुगी पितृको नाममा पिण्ड दिई कोकाहा नदीमा बगाइदिएपछि पितृले मुक्ति प्राप्त गर्ने र दिनेले पनि मुक्ति पाउने जनविश्वास छ ।

कोकाहाको उत्पत्तिः
वराह पुराणमा उल्लेख भएअनुसार कोकाहाको पहिलो नाम उर्जा हो, दोस्रो स्वधा हो भने तेस्रो नाम तपाईंहरूले दिनुभएको कोकाहा हो । अतः तेस्रो नाम राख्ने व्यक्ति पति हुने हुँदा मेरा स्वामी तपाईंहरू नै हुनुभयो । किनकि चन्द्रमाको कलाबाट उत्पन्न मेरा अहिलेसम्म कुनै पति (स्वामी) छैनन् । यस्तो कुरा सुनेर पितृहरू पनि कोकाहाप्रति आकर्षित भए । पितृहरूको यस्तो क्रियाकलाप हेरेका विश्वदेव पनि यी पितृहरू योगभ्रष्ट भएछन् भन्दै त्यहाँबाट स्वर्ग गए । यता चन्द्रमाले पनि उर्जालाई आफ्नो कुलाचार छोडी व्यभिचारिणी स्त्रीसरह व्यवहार गरेकी हुँदा तिम्रो पतन होस् भनी श्राप दिए । पितृहरूलाई पनि तिमीहरू योग भ्रष्ट भएकाले तिमीहरूको पनि पतन होस् भनी श्राप दिए ।

यसरी उर्जा नदी भएर बग्न थालिन् भने पितृहरू पनि पतित भई प्यास र भोकले व्याकुल भई यत्रतत्र भौँतारिन थाले । पितृहरूको यस्तो दयनीय अवस्था देखेर भगवान् विष्णुलाई दया लाग्यो र उनले उक्त पितृगणहरूको तृप्तिका लागि यस विष्णुपादुका तीर्थमा र कोकाहा कौशिकी सङ्गमस्थलमा पितृतर्पण गरी पिण्डदान र त्रिपिण्डी श्राद्ध गरेकाले पितृहरूको उद्धार भयो र उनीहरूले यथेष्ट खान र लाउन पाए । यसरी यो क्षेत्र साक्षात् भगवान् वराहले त्रिपिण्डी श्राद्ध गरेकाले अत्यन्त महŒवपूर्ण एवम् पवित्र स्थानका रूपमा रहेको छ । यसमा पितृतर्पण एवम् पिण्डदान गरी अनेकौं पितृभक्त व्यक्तिहरूले आ–आप्mना २१ कुल तारिसकेका छन् ।

विशेषगरी हिन्दु धर्मावलम्बीहरूले पौषे औंसीमा मान्ने गरेको विष्णुपादुकाले पितृआत्मालाई पार गरी कर्ताहरूको मनोकाङ्क्षा पूरा गरिदिने भन्ने कामना रहेको छ । पितृहरूप्रति आस्था राखी विष्णुपादुका पुगेर यसरी तर्पण दिने र पिण्ड चढाउने जोकोहीलाई विष्णुपादुकाले मनकामना पूरा गरुन् भन्ने कामना गर्दछु ।
पितृ देवो भव’  मातृ देवो भव’ अतिथि देवो भव’
(कर्माचार्यः विभिन्न सांस्कृतिक तथ्याङ्क सङ्कलन गर्ने खोजमूलक लेखक हुन् ।)