श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ९ गते शनिबार, २४ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष शुक्लपक्षको प्रतिपदा तिथि १२ः२७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वाषाढा भोलि २२ः३३ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सामान्य कामलाई पनि निकै मिहिनेत गर्नु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछिका लागि सम्भावना देखिए पनि फाइदा उठाउन नसकिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लक्ष्यमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ला । श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका पछि लाग्दा आत्मीय सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथि सत्कार प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।हिम्मतले मनग्य लाभ दिलाउनेछ।