श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस १० गते आइतबार, २५ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष शुक्लपक्षको द्वितीया तिथि ०८ः४६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरषाढा १९ः४० बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसर पाइनेछ । तर, चुनौतीसमेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नु पर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्म–कर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या र अर्थअभावको एकसाथ सामना गर्नुपर्ने देखिन्छ । आँटेको काम रोकिने भयले सताउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको श्रमबाट उचित लाभ नहुन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ र तत्कालको अभाव पनि टर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ। रमाइलो भेटघाटले नयाँ अवसर जुट्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उठ्नुपर्ने रकम हातलागी हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घुमफिर तथा मनोरञ्जनको समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । साहसी काम गरेर उपलब्धि हातपार्न सकिनेछ।