श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल पुस ११ गते सोमबार, २६ डिसेम्बर २०२२, नलनाम संवत्सर। पौष शुक्लपक्षको चतुर्थी तिथि भोलि ०१ः५८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र श्रवण १६ः५९ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरीमा कामको उच्च मूल्याङ्कन हुनेछ भने व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पु¥याउनु होला । मिहिनेतको परिणाम भने राम्रै हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
झमेला बेहोर्नु परे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारमा दिइएको वचनले समस्या निम्त्याउनेछ । मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वादविवादले आफ्नै प्रतिष्ठामाथि प्रश्न उठ्नेछ, सजग रहनु पर्ने समय रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेको सफलताले नयाँ अवसरसमेत दिलाउने हुँदा जोश–जाँगर बढ्नेछ। फाइदा हुने कामको थालनी हुनेछ।